बाजुरामा मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका व्यक्तिमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

Image
maya metro

बाजुरा – बाजुरामा मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ ।

त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ ।

nisarga

त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा आफूमाथि मन्दिर प्रवेश गरेको निहुँमा कुटपिट गरिएको भन्दै सुनारले निवेदन दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।