
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका ८ स्थीत स्याउलेमा उद्धव श्रीमाल स्मृति कप हुने भएको छ । सैपाल युवा क्लबको आयोजनामा कात्र्तिक १ गतेदेखी प्रथम उद्धव श्रीमाल स्मृति कप हुने भएको हो । सोमबार पत्रकार सम्मेलन गरी आयोजकले प्रथम स्वर्गीय उद्धव श्रीमाल स्मृति कप फुटबल प्रतियोगिता २०७९ बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै सैपाल युवा क्लबका अध्यक्ष सुरेन्द्र बोगटीले आँउदो कार्तिक १ गतेदेखी ७ गतेसम्म प्रतियोगिता हुने बताए ।
सैपाल युवा क्लबको खेल मैदानमा हुने प्रतियोगिताको प्रथम पुरुस्कार ५५ हजार ५५५ रुपैँया र मेडल तथा ट्रफि रहेको बोगटीले बताए । त्यसैगरी द्धितिय पुरुस्कार २५ हजार ५२५ रुपैँया र मेडल तथा ट्रफि राखीएको रहेको छ भने खेलमा म्यान अफ द म्याचलाई गीफ्ट ह्याम्पर सहित गरी २० हजार बराबरको पुरुस्कृत सामग्री प्रदान गरिने छ । खेल अवधीभर सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मध्य मैदान खेलाडी र उत्कृष्ट अग्र खेलाडी चुनी एकएक हजार रुपैँया प्रदान गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । खेल खुल्ला सिस्टमबाट खेलाईने भएकोले जतिओटा टिमले पनी सहभागीता जनाउन सक्नेछन् ।


टिम दर्ताशुल्क चार हजार रुपैँया तोकिएको आयोजकले जनाएको छ । सबै खेलहरु नकआउट चरणमा खेलाईने बताईएको छ । प्रतियोगिताको अनुमानित खर्च ५ लाख ५६ हजार रुपैँया आउने आयोजकको अनुमान छ । प्रतियोगिताको मुख्य प्रायोजकमा गोदावरी नगरपालीका वडा नम्बर ८ रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बोगटीले स्थानीय युवाहरुले गरेको यो नयाँ प्रयासलाई सहयोग गरिदिन समेत सबैलाई आग्रह गरेका छन् । स्वर्गीय उद्धव श्रीमाल यस क्षेत्रका खेल प्रेमी तथा समाजसेवी युवा समेत भएकोले उहाँको सम्झनामा फुटबल प्रतियोगिताको आयोजना गरीएको बोगटीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै गोदावरी नगरपालीका वडा नम्बर ८ का अध्यक्ष गोविन्द चौधरीले पछील्लो पुस्ताले उत्त प्रयासलाई आफु वडाको तर्फबाट र व्यत्तिगत तर्फबाट सहयोग गर्न तयार रहेको बताए । वडा नम्बर ८ को खेल जगतमा प्रथम स्वर्गीय उद्धव श्रीमाल स्मृति कप फुटबल प्रतियोगिता २०७९ को आयोजना गरी सैपाल युवा क्लबले उदाहरणीय कार्य गरेको उनले बताए । खेल सामाजिक हिसाबले मात्रै नभइ स्वास्थ्यका हिसाबले पनी महत्वपुर्ण रहेको अध्यक्ष चौधरीको भनाइ थियो । त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै समाजसेवी प्रेम बहादुर बोगटीले स्वर्गीय उद्धव श्रीमाल यस क्षेत्रको खेलमा मात्रै नभइ समाजमै महत्वपुर्ण भुमीका खेल्ने व्यत्ति रहेको सम्झना गर्दै अहिलेको उदाँउदो पुस्ताले आयोजना प्रतियोगिता उदाहरणीय रहेको बताए ।
क्लबका सचिव रमेश बोगटीले गोदावरी नगरपालीकाको वडा नम्बर ८ लाई क्लबको माध्यमबाट चिनाउने आफुहरुको प्रयास रहेको बताए । भौतिक संरचना तथा आर्थीक अभावकै बिच पनी आफुहरुले थुप्रै कार्यहरु गर्दै आएको उनले बताए । युवा व्यवसायि समेत रहेका श्रीमालको २०७७ मंसिरमा कोरोना भाइरसको संक्रमणका कारण निधन भएको थियो ।
















