
डोटी – डोटीमा आयोजित दशैँ विशेष साँस्कृतिक कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ ।
आईतबार जिल्लाको सिलगढी स्थीत ईन्द्रचोकमा दशैँ विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरीएको थियो ।

सिलगढी स्थीत भैरव प्रसाद गण र समता एक्सन ग्रुपको संयुक्त आयोजना र सुदूरपश्चिम कला केन्द्रको समुन्वयमा कार्यक्रम भएको हो ।
कार्यक्रममा लोकप्रिय डेउडा गायक भुवन दाहाल,टेक ऐर,केशव फुलारा त्यसैगरी टिकटक स्टार मिस पवी को प्रस्तुती रहेको थियो ।
कार्यक्रममा डेउडा गीत, ,भुवा,हुड्केलि,पुतला नाच लगायतका प्रस्तुति पनी रहेको थियो ।
कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिँदै आयोजकले स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उदेश्य सहित कार्यक्रमको आयोजना गरीएको जनाएको छ ।















