
काठमाडौं – बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने तयारी गरेको छ।
आज अदालतमा लगेर म्याद थप गर्ने तयारी भएको प्रहरी वृत्त गौशालाले जनाएको छ। गत बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी समक्ष आत्मसमर्पण गरेका राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान लामिछाने प्रहरी वृत्त गौशालाको हिरासत कक्षमा छन्।

दशैं बिदाका कारण प्रहरीले म्याद थप गर्न नसकेको हो। आज अदालतबाट म्याद थप गरी लामिछानेसँग बयान लिन सुरु गरीने प्रहरीले जनाएको छ।
त्यसलगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज, बेडरुमको तन्ना, सिरक, घटना हुँदाको बखत बेडमा प्रयोग भएको डस्टबिन, घटना हुँदा पीडितले लगाएको कपडा, पीडितको भजाइना परीक्षण, सिडिआर (कल डिटेल रिपोर्ट), सामाजिक सञ्जाललगायतका सामग्री संकलन गरिसकेको छ।
सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ ।






























