केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

Image
maya metro

एजेन्सी – भारतको केदारनाथमा आज मंगलबार निजी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा ६ तीर्थयात्रीसहित ७ जनाको मृत्यु भएको छ ।

राज्यका प्रहरी महानिर्देशक (डीजीपी) अशोक कुमारले स्थानीय समय दिवा १२.४५ बजे गरुडचट्टीमा भएको दुर्घटनामा मृत्यु हुनेमा पाइलट पनि रहेको बताए ।

nisarga

दुर्घटनामा परेकाहरू रुद्रप्रयाग जिल्लामा रहेको केदारनाथ मन्दिरको दर्शन गरेर फर्कंदै गरेका वेला केदारनाथभन्दा दुई किलोमिटर अगाडि हेलिकप्टरमा आगो लागेको उनले बताए ।

दुर्घटनाको कारण तत्काल पत्ता नलागेको तर कुहिरोका कारण भिजिबिलिटी कम भएका कारण कुनै वस्तुसँग ठोक्किएर दुर्घटना भएको हुन सक्ने कुमारले बताएका छन् ।

पाइलट मुम्बईका क्याप्टेन अनिल भएको बताइएको छ ।