महिला कुस्तीमा सुदूरपश्चिमलाई ५ स्वर्ण

Image
maya metro

कैलाली – सुदूरपश्चिम प्रदेशले महिला कुस्तीमा पाँच स्वर्ण पदक जितेको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा भएको प्रतियोगितामा सुदूरपश्चिमले एक रजत र एक कांस्य पदक प्राप्त गर्दा सेनाले तीन रजत र दुई कांस्य पदक प्राप्त गरेको छ ।

nisarga

सुदूरपश्चिमबाट महिला कुस्तीतर्फ ५० किलो तौल समूहमा दमन्ती बोहरा, ५३ किलो तौल समूहमा मनीषा सिंह, ५५ किलो तौल समूहमा संगीता धामी, ५९ किलो तौल समूहमा कोमल खत्री र ७२ किलो तौल समूहमा हेमा भट्टले स्वर्ण पदक प्राप्त गरेका हुन् ।

त्यसैगरी, नेपाली सेनाबाट ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मीरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक प्राप्त गरे ।

कुस्तीमा महिलातर्फ विभिन्न १० वटा तौल समूहका खेलमा ५९ महिला खेलाडी सहभागी थिए । कावासोती- १६ स्थित थारु राष्ट्रिय सङ्ग्रहालयको हलमा सञ्चालन भएको उक्त प्रतियोगितामा तीन विभागीय टोली सशस्त्र, आर्मी र पुलिसका साथै ७ प्रदेशका १० टोलीको सहभागिता थियो ।