बाजुरामा एक सुत्केरीको मृत्यु

Image
maya metro

बाजुरा – बाजुरामा अत्याधिक रक्तस्राव हुँदा सुत्केरीको मृत्यु भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ६ की २० वर्षीया नीतु जैशीको मृत्यु भएको हो।

बुढीगंगाका स्वास्थ्य शाखा प्रमुख दिपकबहादुर शाहले उनको सोमबार राति टाँटे स्वास्थ्य चौकीमा मृत्यु भएको पुष्टि गरे। असोज ३१ गते सुत्केरी व्यथा लागेपछि आफन्तले उनलाई स्वास्थ्य चौकी पुगाएका थिए। उनले त्यहीँ दिन दिउँसो करीब ४ बजेतिर छोरीलाई जन्म दिएकी थिइन्।

nisarga

उनका अनुसार बच्चा जन्माएकी नीतुलाई सोमबार साँझ घर पठाइएको थियो। स्वास्थ्यकर्मीले घर नलग्न सुझाव दिएपनि आफन्तले ढिपी गरेर उनलाई घर लगिएको बताइएको छ। तर, घर लगेको केही समयमा नीतुलाई अत्याधिक रक्तस्राव भएपछि सोमबार राति फेरि साढे १० बजे टाँटे स्वास्थ्य चौकीमै ल्याइएको थियो।

स्वास्थ्य चौकी पुगाएको २० मिनेटमै नीतुको ज्यान गएको थियो। स्वास्थ्य चौकीमा सामान्यतया सुत्केरी भएको ८ घण्टादेखि २४ घण्टा भित्र सुत्केरीलाइ घर पठाउनु पर्ने प्रावधान छ। तर स्वास्थ्य चौकीले सुत्केरी भएको २ घण्टामा नीतुलाइ घर पठाएको बुझिएको छ।