बैतडीको मेलौली नगरपालिकामा तालाबन्दी

Image
maya metro

बैतडी – बैतडीको मेलौली नगरपालिकामा तालाबन्दी गरिएको छ । जिल्लाको नगरपालिकामा १५ शैय्याको अस्पताल तोकिएको ठाउँमै बन्नुपर्ने भन्दै आज बिहीबार वडा नम्बर १ का स्थानीयहरुले नगरपालिकामा तालाबन्दी लगाएका हुन् ।

उनीहरुले आफ्नो वडास्थित बिठ्ठनेमा अस्पताल निर्माणका लागि जग्गा उपलब्ध भइसके तर पनि पालिकाले अर्कै ठाउँमा सार्न खोजेको आरोप लगाएका छन् । नगरपालिकाको च्यानल गेट, स्वास्थ्य शाखा , शिक्षा शाखा लगायतका अन्य शाखाहरुमा तालाबन्दी गरिएका छ ।

nisarga

उक्त स्थानमा संघीय सरकारले २०७० सालमै १५ शैय्याको अस्पताल निर्माणका लागि निर्णय गरेपनि अहिले सम्म विवादकै कारण कुनै टुङ्गो लागेको छैन् ।

पुरानै ठाउँमा अस्पताल बन्नुपर्ने उनीहरुको माग छ ।