बाजुरामा दलितमाथि कुटपिट गर्ने वडाध्यक्षसहितका ३ जना धरौटीमा छुटे

Image
maya metro

बाजुरा – बाजुरामा मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका वडाध्यक्षसहितका तीन जना धरौटीमा छुटेका छन् ।

गत असोजमा त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि जातीय छुवाछुत गर्दै कुटपिट गरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष जुद्धबहादुर अयडीसहितका तीन जना धरौटी बुझाएर छुटेका हुन् ।

nisarga

बिहीबार थुनछेक बहसपछि जिल्ला अदालतले गरेको आदेशअनुसार वडाध्यक्ष अयडी, मन्दिरका पुजारी रंगलाल पाध्याय र सोही ठाउँका विनोद अयडी एक÷एक लाख धरौटी बुझाएर छुटेको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) सुर्यबहादुर थापाले जानकारी दिए ।

उनकाअनुसार पीडित सुनारले दिएको जातीय भेदभाव तथा छुवाछुत मुद्दामा अदालतले थुनछेक बहसपछि धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेशपछि धरौटी बुझाएर उनीहरु थुनामुक्त भएका हुन् ।