Attariya Hospital Pvt.Ltd.

पाकिस्तानमा बाढीपहिरोमा परी एक हजार ७०० भन्दा बढीको मृत्यु

padma
milan sunchadi

पाकिस्तानमा यो वर्षको वर्षायाममा बाढीपहिरोमा परी एक हजार ७०० भन्दा बढीको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाका अनुसार बाढीपहिरोमा परी मृत्यु हुनेको एक हजार ७३१ पुगेको छ। विपदजन्य घटनामा १२ हजार ८०० भन्दा बढी घाइते भएका छन्।

विपद् व्यवस्थापन प्राधिकरणका अनुसार सिन्ध प्रान्त बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ ७९२ जनाको मृत्यु भएको छ।

Siddi ganesh

पाकिस्तानका ८५ जिल्लाका ३३ लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन्। बाढीग्रस्त क्षेत्रमा प्राधिकरणका साथै अन्य सरकारी एवम् गैरसरकारी संस्थाले उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गरिरहेका छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.