

अत्तरिया – कैलालीको गोदावरीमा वनभोज खाने र घुम्न आउनेको दिनहुँ बाक्लो उपस्थीती हुने गरेको छ ।
गोदावरी नदीको किनारमा वनभोज खान कैलाली, कञ्चनपुर,बर्दीया लगायत टाढाटाढाबाट समेत मानीसहरु आउने गरेका छन् । विशेषगरी तिहार सकिएपछीको समयमा वनभोज खानकालागी मानीसहरु आउँछन् ।

त्यस्तै गोदावरीमा रहेको काठेपुलमा घुम्न तथा टिकटक बनाउन तथा जन्मदिन मनाउनकालागी दिनहुँ सयौँको संख्यामा मानीसहरु आउने गरेका छन् । गोदावरीमा बाक्लो संख्यामा मानीसहरुको उपस्थीती हुन थालेपछी गादावरीमै रहेको अस्थाई प्रहरी पोष्टले दैनीक तीनचार जनाको संख्यामा प्रहरी सुरक्षाको लागी खटाउने गरेको छ ।
अस्थाई प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक दिल बहादुर बोगटीले दर्जनौ संख्यामा सवारी रोकीने तर पार्कीङको लागी ठाँउ नभएको हुँदा सवारी व्यवस्थापनमा चुनौती भएको बताए । तिहारपछी भिडभाड झन् बढेको हुँदा दिनहुँ तीनचार जनाको एक टोलीे पुल नजीकको ठाँउमा खटीने गरेको बताए ।
व्यवस्थापनको उचित व्यवस्था नहुँदा गोदावरी नदी किनारमा फोहोर भने छरपष्ट रहेको छ ।
