
काठमाडौं – राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा पुर्याइएको छ ।
नाबालिक बलात्कारको अभियोग लागेका सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले शुक्रवार आदेश दिएपछि केन्द्रीय कारागार पुर्याइएको हो ।

थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालत पुर्याइएका सन्दीपलाई प्रहरीको भ्यानमा राखेर केन्द्रीय कारागार लगिएको हो ।































