धनगढीमा मंसिर २२ गतेबाट सुदूरपश्चिम महोत्सव हुने

Image
maya metro

धनगढी – धनगढीमा आँउदो मंसिर २२ गतेबाट सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ। आयोजक कैलाली उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गर्दै मंसिर २२ गतेदेखी पुष २ गते सम्म महोत्सव लाग्ने बताएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा लाग्ने महोत्सवमा सुदूरपश्चिमको व्यापार, व्यवसाय तथा‌ कला संस्कृतिलाई संरक्षण गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।

nisarga

२०७८ मा आयोजना गरिएको स्थल पशुपती टोलमा नै महोत्सवको आयोजना गर्न लागिएको हो। महोत्सव आयोजना गर्न अनुमानित २ करोड लगानी‌ लाग्ने र महोत्सवमा सहभागी व्यवसायीले १० करोड बढीको व्यापार गर्ने अनुमान गरिएको छ।