
डडेल्धुरा – डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले चुनावी प्रचारप्रसारमा आफुलाई रोक लगाईएको बताएका छन् ।
डडेल्धुराको सदरमुकाम तुफानडाँडामा माईकिङ गर्दै गर्दा प्रहरीले उनलाई रोक्ने प्रयास गरेको थियो

सामाजिक संजालमा उनले लेखेका छन् –‘मलाई जोगाइदिनुस् – जनता गुहार्नु बाहेक केही बाँकि रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन। मलाइ रोकेको छ ।’
डडेल्धुरा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले प्रशासनले कसैलाई पनि चुनाव प्रचारप्रसार रोक नलगाएको बताएका छन् । निर्वाचन आचारसंहितामा विपरीत गर्नेलाई सचेत गराएको ,रोक भने नलगाएको बताए ।
ढकालले डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् ।













