अछाममा भूकम्पले सडक भत्कियो

Image
maya metro

अत्तरिया – अछाममा भूकम्पका कारण सडक भत्किएको छ। शनिबार राती गएको भूकम्पका कारण सडक भत्किएको हो।

अछामसहित सुदूरपश्चिममा आज बेलुकी ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल आसपास केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

nisarga

सोही भूकम्पपछि अछामस्थित साफेबगर नजिकै सडक भासिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ।

साफेबगरको चिप्लेपानी भन्ने ठाउँमा सडक भासिएको र सडकमा आएको पहिरो पन्छाएर बाटो खुलाउन प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।