Attariya Hospital Pvt.Ltd.

विश्व रेकर्डका लागि पाँच हजार ३०० मिटर उचाइको कालापत्थरमा नाचे जेडी तमु र छिरिङ शेर्पा

padma

काठमाडौं – जेडी तमु र छिरिङ शेर्पाको जोडीले सगरमाथा क्षेत्रको कालापत्थरमा ‘सर्वाधिक उचाइमा कोरियोग्राफी गरिएको युगल नृत्य’मा विश्व कीर्तिमानका लागि प्रयत्न गरेको छ ।

Shikhar Dental

जेडी र छिरिङ नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’बाट चर्चामा आएका हुन् । छिरिङ विजेता हुन् भने जेडी कोरियोग्राफरतर्फका सेकेण्ड रनरअप हुन् ।

पाँच हजार ३०० मिटर उचाइको कालापत्थरमा तीन मिनेट तीन सेकेण्ड लामो गीतको छायांकन गरिएको तमुले जानकारी दिए । मारुनी, साकेला, झ्याउरे, तामाङसेलो र स्याब्रु मिश्रण गरिएको गीतको भिडियोमा जेडी र छिरिङले अभिनय गरेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.