बाजुरामा आन्दोलनकारीले खोसेको प्रहरीको इन्सास राइफल भेटीयो

maya metro

बाजुरा – बाजुरा झडप क्रममा आन्दोलनकारीले खोसेको प्रहरीको राइफल भेटीएको छ । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर–७ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन चलिरहँदा प्रहरी र स्थानीयको बिचमा झडप भएको थियो। मङ्सिर ४ मा त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा साँझ पौने ५ बजेतिर झडपको क्रममा एकजना युवकले प्रहरीको इन्सास राइफल खोसेर भागेका थिए।

अनि, प्रहरीले चलाएको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको घटनास्थलमा मृत्यु भएको थियो। सन्दीपको शव अझै घटनास्थलमा रहेको छ। मृतक वडा नम्बर–९ स्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडी छोरा हुन्। उनी वडा नम्बर–७ का स्थानीय हुन्।  घटनास्थल नजिकै फालेको अवस्थामा राइफल भेटिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए। नाटेश्वरी मतदान केन्द्रमा झडप हुँदा ३ जना स्थानीय र प्रहरी सहायक हवल्दार कृष्ण बहादुर कुँवर घाइते भएका थिए।

nisarga