Attariya Hospital Pvt.Ltd.

जर्मनी विश्वकपको पहिलो खेलमै पराजित

padma

जापानविरुद्ध पहिलो हाफमा लिएको १-० को अग्रता जोगाउन नसक्दा जर्मनी लगातार दोस्रो पटक विश्वकपको पहिलो खेलमा पराजित भएको छ।

बुधबार खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न समूह ‘ई’को पहिलो खेलमा चार पटकको विश्व विजेता जर्मनी १–२ गोलको नतिजामा स्तब्ध भयो।

सन् २०१८ मा रुसमा भएको विश्वकपको पहिलो खेलमा मेक्सिकोसँग १-० ले पराजित भएको थियो।

om
Shikhar Dental

डेविड रौमलाई जापानी गोलकिपर सुचाइ गोन्डाले लडाएपछि चार पटकको च्याम्पियनले पेनाल्टीबाट अग्रता लिने मौका पाएको थियो।

सोही पेनाल्टीमा गुन्डोगनले गरेको गोलसँगै जर्मनीले अग्रता लिएको हो। त्यसअघि आठौं मिनेथमा जापानका डाइजेन मेइडाले गरेको गोल अफसाइडका कारण रद्द भएको थियो।

दोस्रो हाफमा काउन्टर अट्याकमा जापानले दुई गोल गर्दै ऐतिहासिक जित निकाल्यो। खेलको ७१औं मिनेटमा ओ टनाकाको स्थानमा मैदान प्रवेश गरेका रित्सु डोआनले ७५औं मिनेटमा गोल गर्दै एसियाली मुलुकलाई १–१ को बराबरीमा ल्याएका थिए। त्यसको आठ मिनेट नबित्दै अर्का सब्स्टिच्युट खेलाडी ताकुमा असानोले जापानका लागि दोस्रो गोल गरे।

बुधबार नै हुने समूह ‘ई’को दोस्रो खेलमा स्पेन र कोस्टा रिका भिड्दै छन्। नेपाली समयअनुसार स्पेन र कोस्टा रिकाबीचको खेल ९:४५ बजे सुरु हुनेछ।

Nawadurga
Leave A Reply

Your email address will not be published.