Attariya Hospital Pvt.Ltd.

अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

padma
milan sunchadi

काठमाडौं – विश्वकप फुटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेको छ। शनिबार राति अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हराएको हो।

समूह सीको पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले दोस्रो खेलमा शानदार जित निकाल्यो। लियोनल मेस्सीले एक गोल गर्दै अर्को गोलको अवसर सिर्जना गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित बनेको हो।

खेलको ६४ औं मिनेटमा एन्जल डि मारियाको पासलाई सदुपयोग गर्दै मेस्सीले अर्जेन्टिनालाई अघि बढाएका थिए।

Siddi ganesh

खेल सकिन तीन मिनेट अघि मेस्सीको पासमा फर्नान्डेजले गोल गर्दै टिमको जित सुनिश्चित गरे।

जितसँगै अर्जेन्टिनाले विश्वकपको अघिल्लो चरणको यात्रालाई जिवितै राखेको छ । समूह सीमा अर्जेन्टिना तीन अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ।

Nawadurga
Loading...