
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ११ का जयलाल चँदारा अपाङ्गता भएका व्यत्ति हुन् । रुखबाट लडेर कम्मरभन्दा मुनीको भाग गुमाउन पुगेका उनी ट्राइसाइकल प्रयोग गर्छन् । नेपाल सरकारले अपाङ्गता भएका व्यत्तिलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता बुझ्न उनलाई मुस्किल पर्छ ।
चँदाराले भत्ता बुझ्ने बैंक माथील्लो तलामा छ । जहाँ पुग्न उनले एकजना आफन्त लगेरै जानुपर्नेहुन्छ तरपनी बैकसम्म पुग्न सक्दैनन् । सिँडी चढ्नुपर्छ त्यस्कालागी हामीलाई निकै समस्या हुन्छ चँदाराले भने “कहिलेकाँहि त बैंकको गार्डले तलै आएर काम निप्ट्याईदिनुहुन्छ,सँधै उहाँहरुको पनी फुर्सद हुँदैन,सकि नसकि घिस्रेरै भएपनी चढ्नुपर्छ ।” त्यस्तै गोदावरी नगरपालीका वडा नम्बर ६ की खडक बुढा पनी अपाङ्गता भएकी व्यत्ति हुन् ।

पोलीयो रोग लागेर दुवै खुट्टा गुमाएकी उनी वैशाखी टेकेर सामान्य हिँडडुल गर्न सक्छीन् । बुढाले भत्ता बुझ्ने बैंकपनी माथाील्लो तलामै छ । अन्य विकल्प नभएपछी चढन् बाध्य हुनुपरेको उनी सुनाँउछीन । त्यस्तै समस्या वडा नम्बर २ की लक्ष्मी पुरीको पनी छ । सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता बुझ्न निकै सास्ती खेप्नुपरेको उनी गुनासो गर्छीन् ।
सरकारले बैंकिङ प्रणालीबाट भत्ता दिन सुरू गरेपछि अपांगता भएका व्यत्ति सबैभन्दा बढी समस्या झेल्दै आएका छन् । बैंकमा उपस्थीत हुनैपर्ने तर बैंक भवन अपाङ्गमैत्री नभएका कारण उनीहरुले समस्या भोग्नु परेको हो ।
सम्बन्धीत निकायले अपाङ्गता भएका व्यत्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दा वडा कार्यालय वा सजिलै पहुँच हुने ठाँउमा गरीदिए सहज हुने उनीहरु बताँउछन् । कुनैपनी सरकारी भवन समेत अपाङ्गमैत्री नहुँदा अपांगता भएका व्यत्तिले कठीनाई व्यहर्नु परेको उनीहरुको गुनासो छ ।















