कञ्चनपुरमा भन्सार छलेर ल्याउदै गरेको भारतीय यूरिया मल नियन्त्रणमा

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा भन्सार छलेर ल्याउदै गरेको भारतीय यूरिया मल नियन्त्रणमा लिइएको छ।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १० दोदा पुलबाट भारतबाट भन्सार छलेर ल्याउदै गरेको २० बोरा यूरिया मल नियन्त्रणमा लिएको हो।

nisarga

शुक्रवार साँझ आइबीआरडीबाट धनगढी तर्फ आउदै गरेको अटोसहित २० बोरा यूरिया सीमा निगरानी समितिले नियन्त्रणमा लिएको बताइएको छ।

सशस्त्र सीमा सुरक्षा बललाई यूरिया मल बुझाइएको पुनर्वास नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुकदेव रानाले बताए।

उनका अनुसार युवाहरुको समूहले भारतीय यूरिया मल सशस्त्र प्रहरीलाई बुझाएका हुन्।