
अत्तरिया – बाजुरामा मतगणना जारी छ । पछील्लो समयको नतिजा अनुसार नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।
नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापा र काँग्रेसका पाण्डेको मतान्तर २६५६ पुगेको छ।

पाण्डेले १२ हजार ७०५ पाएका छन् भने एमालेका उम्मेदवार थापाको १० हजार५९ मत पाएका छन् ।
जिल्लामा प्रतिनिधि सभा सदस्यको २३४०७ मत गणना सकिएको छ।













