सुदूरपश्चिम महोत्सव आजदेखी, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

Image
maya metro

अत्तरिया  – सुदूरपश्चिम महोत्सव आजदेखी सुरु हुँदै छ । महोत्सवको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्धघाटन गर्ने भएका छन् ।

महोत्सवको तयार पूरा भएको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले बताएका छन्।

nisarga

प्रधानमन्त्री देउवा ११ बजे काठमाडौंबाट आउने संघले जनाएको छ। महोत्सव उद्घाटन समारोहमा विभिन्न जातिका संस्कृति झल्किेन झाँकी नृत्य प्रदर्शन गर्ने तयारी छ ।

उक्त महोत्सवमा स्थानीय खानाका परिकार, कृषिउपजलगायतका झण्डै चार सय कक्ष रहने बताइएको छ । आगामी पुस २ गतेसम्म सञ्चालन हुने छ।

सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ।