बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

Image
maya metro

बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिहीबार साँझ से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका १० डंसेली भन्ने स्थानमा दुर्घटना हुँदा डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ उकालीका ३६ बर्षीय चालक तेजबहादुर साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

nisarga

सडकबाट जिप अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा चालक बाहेक अरु कोही पनि नभएको जनाइएको छ ।

डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउँदले चलाएको जिप कच्ची सडकमा दुर्घनामा परेको हो ।