ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कपकाे सेमिफाइनलमा

Image
maya metro

काठमाडौं – ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कप फुटबलकाे सेमिफाइनलमा प्रवेश गरेको छ । कतारकाे एजुकेशन सिटी स्टेडियममा भएकाे खेलमा क्राेएसियाले ब्राजिललाई चार–दुई गाेलले हरायाे ।

निर्धारित ९० मिनेटमा गाेल हुन नसकेपछि ३० मिनेट थपिएकाे थियाे । थपिएकाे समयमा ब्राजिलका लागि नेयमारले गाेल गरे । तर त्याे अग्रता धेरै बेर टिकेन । क्राेएसियाका लागि ब्रुनाे पेटकाेभिकले गाेल गर्दै खेल एक–एककाे बराबरीमा पुर्‍याए । त्यसपछि खेल पेनाल्टी शुट आउटमा पुगेकाे हाे ।

nisarga

ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरि पाँच पटक विश्व कपकाे उपाधि जितेकाे थियाे ।