विश्वकप फुटबल:मोरक्को र फ्रान्स सेमिफाइनलमा प्रवेश,सेमिफाइनल समीकरण पूरा

Image
maya metro

मोरक्को र फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको शनिवार राति भएको खेलमा पोर्चुगललाई १-० ले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो।

खेलको पूर्वार्धमा नै मोरक्कोले एक गोल गरेको थियो। मोरक्कोका एन नेसरीले ४२ औँ मिनेटमा एक गोल गरेका थिए। यह्या अतिअतको पासलाई सदुपयोग गर्दै उनले ‘हेड’मार्फत गोल गरेका थिए। यो गोलसँगै नेसरी विश्वकपको इतिहासमा मोरक्कोका तर्फबाट सबैभन्दा बडी गोल गर्ने खेलाडी बनेका छन्।​

nisarga

समग्रमा योपटक मोरक्कोले ३६ वर्षपछि इतिहास दोहोर्‍याउँदै नयाँ इतिहास बनाएको छ।उक्त प्रतिस्पर्धामा पूर्वार्धमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखिएको थियो।५१ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोलाई मैदानमा उतारिएको थियो।

त्यस्तै इङ्ल्याण्डलाई हराउँदै साविक विजेता फ्रान्स फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।आइतबार विहान सकिएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो।

फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र ओलिभर जेरुडले एक एक गोल गरे। इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टीबाट एक गोल फर्काए । १७ औं मिनेटमा चुवामेनीले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५४ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई १-१ गोलको बराबरीमा फर्काए।

७८ औं मिनेटमा जेरुडले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टीबाट बराबरी गर्ने अवसर पायो। तर ह्यारी केनको पेनाल्टी प्रहार बाहिरियो। अब फ्रान्सले सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ।

सेमिफाइनल समीकरण पूरा

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ।गएराति भएको अन्तिम क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्याण्डलाई २–१ ले हराएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो।

यसपालि अन्तिम ४ मा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को पुगेका छन्। जारी विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाले प्रतिस्पर्धा गर्नेछन्।

यी दुई टोलीबीचको सेमिफाइनल मंगलबार राति १२ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ। अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४–२ ले हराउँदै सेमिफाइनलमा पुगेको हो भने क्रोएसियाले ब्राजिललाई पेनाल्टीमै हराएर अन्तिम चारसमा स्थान बनाएको हो।

दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सले प्रतिस्पर्धा गर्नेछन्। यी दुई टोलीबीचको सेमिफाइनल भिडन्त बुधबार राति १२ः४५ बजे अल बायात स्टेडियममा सुरु हुनेछ।
फाइनल भिडन्त भने पुस ३ गते अर्थात् अर्को आइतबार हुनेछ।