धनगढीमा मानव सेवा आश्रमका लागीपौष ३ गते नेपथ्यको ‘लाइभ कन्सर्ट’ हुने

Image
maya metro

धनगढी – धनगढीमा मानव सेवा आश्रमका लागी नेपथ्यको ‘लाइभ कन्सर्ट’ हुने भएको छ। असहायको सेवामा समर्पित आश्रमले देशभरमा आश्रमका भवन निमार्ण एवं अक्षयकोष स्थापनाका लागि मानवताका लागि सांगीतिक यात्रा गरिरहेको जनाएको छ।

आज धनगढीमा रहेको मानव सेवा आश्रममा पत्रकार सम्मेलनमार्फत धनगढीमा पौष ३ गते रंगशालामा हुन लागेको नेपथ्य लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको आश्रमका परिकल्पनाकार रामजी अधिकारीले बताए। उक्त कन्सर्ट मंसिर १६ गते विराटनगरवाट सुरु भई, १९ गते वीरगंज, २२ गते हेटौडा, २५ गते चितवन र २९ गते नेपालगञ्जमा सम्पन्न भइसकेको अधिकारीले बताए। धनगढीमा पुष ३ गते हुने कन्सर्ट आश्रमको छैटौं कार्यक्रम भएको मानव सेवा आश्रम कैलालीका अभिभावक शिद्धराज पनेरुले बताए।

nisarga

पौष ३ गते धनगढीमा नेपथ्य लाईभ कन्सर्टले धनगढी शाखामा रहेका ५९ जना आश्रितलाई व्यवस्थापनमा सहज हुने छ। अहिलेसम्म धनगढी शाखाले २ सय २१ जनाको उद्धार गरेको छ। ८९ जनालाई परिवारसँग पुनर्मिलन गराएको छ। मानव सेवा आश्रम सुदूरपश्चिमका संयोजक तथा मानव सेवा आश्रम धनगढीका प्रमुख आदर्श ढकालले सुदूरपश्चिमका विभिन्न जिल्लाबाट उद्धार गरी तारानगरमा रहेको आश्रम आश्रय दिने कामहुँदै आएको बताए।

मानव सेवा आश्रमको मुख्य आम्दानीको स्रोत भनेको मुठ्ठीदान नै हो। मान सेवा आश्रम धनगढीका अभिभावक पनेरुले मुठ्ठीदानबाहेक जन्मदिन, विवाह बर्षगाठ, विभिन्न संघ संस्थाको वार्षिकोत्सव, व्रतबन्ध, छोराछोरीको न्वारन पास्नी लगायतमा गरिने खर्च कटाएर विभिन्न व्यक्ति तथा संघ संस्थाले गरेको सहयोगबाट आश्रम संञ्चालनहुँदै आएको बताए। कसैले पनि सडकममा वास गर्नु पर्ने अवस्था आउन नदिनका लागि नै यो कन्सटको आयोजना गरिएको पनेरुले बताए।

यस्तै कन्सर्टका लागि नेपथ्यको टिम पनि धनगढी पुगिसकेको छ। हेटौडामा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमले अहिले १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा दिईरहेको छ। हाल देशभर एक हजार ६ सय भन्दा बढी वेसाहारा तथा असहायलाई सेवा दिईरहेको संस्थाले २०८२ भित्र नेपालका सडक पेटीलाई सडक आश्रित मानवरहित बनाउने उद्देश्य लिएको छ।