गोल्डेन बुट एमबाप्पेले जिते, मेस्सीलाई गोल्डेन बल

Image
maya metro

काठमाडौं – विश्वकप फुटबल–२०२२ माफ्रान्सका फरवार्ड केलियन एमबाप्पेले गोल्डेन बुट हात पारेका छन्।

सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् ।

nisarga

उनले कतार विश्वकपको सात खेलमा ८ गोल गरे। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पारेका हुन्।

एमबाप्पेले फाइनल खेलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरे।

अर्जेन्टिनाका कप्तान मेस्सीले भने गोल्डेन बल अवार्ड जितेका छन्। उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन्।

मेस्सीलेसात खेलमा ७ गोल गरे।​अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मेस्सी नायक बने।

विश्वकप फुटबलको उपाधि तेस्रोपटक घर लैजाने क्रममा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टीमा ४-२ ले हराएको हो।

विश्वकपका उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने गोल्डेन ग्लोभ अवार्ड अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले जिते। ३० वर्षीय मार्टिनेजले फाइनलमा उत्कृष्ट प्रदर्शन गरे। उनले टाइब्रेकरमा फ्रान्सको प्रहार समेत बचाए।