
अत्तरिया – कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका वडा नम्बर ७ कसरौलका किसान सुधारीएका खोर पाएपछी बाख्रा पालमा आकर्षित भएका छन् ।
सुधारीएका खोर तराइ भु–परिधी कार्यक्रम (TAL) ले कसरौलका ३० जना किसानलाई उपलब्ध गराएको थियो । रातिको समयमा चितुवा गोठभित्रै पसेर बाख्रा खाने गर्न थालेपछी तराइ भु–परिधी कार्यक्रमले सुधारीएका खोर वितरण गरेको हो । कसरौल,कृष्णपुर नगरपालीकाको दोमील्ला लगायत वन किनारका बासीन्दा सुधारिएका खोर पाएपछी बाख्रा पानलमा रुचि देखाउन थालेका छन् ।

शुक्लाफाटा नगरपालीका वडा नम्बर ७ का पुष्कर बहादुर सिहंले सुधारीएका खोरमा बाख्रा राख्न थालेपछी रातीको समयमा चितुवाले लैजान्छकी भन्ने डर नहुने गरेकोे बताए । १२ ओटा बाख्रा पालेका उनले आम्दानी राम्रो हुने बताए । तराइ भु–परिधी कार्यक्रम (TAL) ले सुधारएिका खोरको अवधारणा ल्याएर वितरण गरेपछी बाख्रा पाल्न जाँगर चलेको शुक्लाफाटा ६ का तुलाराज भट्टले बताए ।
दिँउसो त हेरीन्थ्यो तर रातीको समयमा कहिलेकाँहि खोरबाटै तानेर चितुवाले लैजान्थ्यो उनले भने “सुधारएिको खोर तार जाली र टिनको ढोका र छानो सहितको हुनाले ढुक्क भईन्छ ।” तराइ भु–परिधी कार्यक्रमले वन किनारका बासाीन्दालाई प्राथमिकतामा राखी विभीन्न खाले कार्यक्रम गर्दै आएको छ ।
















