बैतडीमा शिक्षक मृत्यु प्रकरण :आफन्तले अझै शव बुझेनन्,आन्दोलनमा विद्यार्थी

Image
maya metro

बैतडी – बैतडीको पाटनमा मृत फेला परेका शिक्षक धनबहादुर बिष्टको शव अझै आफन्तहरुले बुझेका छैनन् । शिक्षक बिष्टको शंकास्पद मृत्यु भएको भन्दै आफन्तहरुले घटनाको सत्यतथ्य छानबीन गर्न माग गरेका छन् । शिक्षक बिष्टको मृत्यु नभइ हत्या भएको परिवारजनले आशंका गरेका छन् । मृतक बिष्टको शरीरभरी निलडाम भएकाले उनको हत्या भएको मृतकका आफन्त लिला बिष्टले बताइन् । उनले भनिन् ‘हामीले घटनाको सत्यतथ्य छानबीनको माग गरेका छौं ।दोषी पत्ता लगाउनुपर्ने हाम्रो माग रहेको छ ।’

मृतक शिक्षक बिष्टको दाँत टुटेको र मुखमा समेत घाउ रहेकाले उनको हत्या गरेर शव फालेको आशंका रहेको मृतकका भतिजा लोकेन्द्र बिष्टले बताए । ३० बर्ष सम्म शिक्षण पेशामा संलग्न रहेको ठाउँमा शिक्षकको मृत्यु हुँदा समेत कसैले चासो नलिएको बिष्टको गुनासो रहेको छ ।

nisarga

बिष्ट कार्यरत कृष्ण माध्यमिक विद्यालय र पाटन बहुमुखी क्याम्पसका विद्यार्थीहरु सोमबारदेखि आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले शिक्षक बिष्टको हत्या गरिएको भन्दै सत्यसत्थ्य छानविनको माग गरेका छन्। बिष्ट कार्यरत कृष्ण माध्यमिक विद्यालय र पाटन बहुमुखी क्याम्पसका विद्यार्थीहरु सोमबारदेखि आन्दोलनमा उत्रिएका छन्। उनीहरुले शिक्षक बिष्टको हत्या गरिएको भन्दै सत्यसत्थ्य छानविनको माग गरेका छन्।

बैतडीको सुर्नया गाउँपालिका २ ग्वानी घर भइ कृष्ण मावि पाटनमा कार्यरत शिक्षक बिष्ट शनिबार दिउँसो मृत अवस्थामा फेला परेका थिए । कृष्ण माविकै छात्रवास भवन पछाडि भिरालो ठाउँमा उनको शव फेला परेको थियो ।

घटनाका बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए । आजै पोस्टमार्टम रिपोर्ट आउने बताउँदै खत्रीले अन्य ठाउँमा चोट भएको नभएको बारे रिपोर्ट पश्चात थाहा हुने जानकारी दिए ।