धनगढीमा भोलिबाट भुवा पर्व मनाइने

Image
maya metro

धनगढी – धनगढीमा भोलिबाट भुवा पर्व मनाइने भएको छ। बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै धनगढीको खुलामञ्चमा तीन दिनसम्म भुवा पर्व मनाउने बाजुरेली सेवा समाजले जनाएको हो।

धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक एकताको महत्त्व बोकेको भुवा पर्व परापूर्व कालदेखि सुदूरपश्चिमका पहाडी जिल्ला, बाजुरा, बझाङ, अछाम, डोटीसहित कैलाली र कञ्चनपुरमा मनाइन्छ।

nisarga

भोलि बिहान धनगढी खुलामञ्चमा सुरु हुने भुवा पर्व र भुवा नाचको उद्घाटन प्रदेश प्रमुख देवराज जोशीले गर्ने बाजुरेली सेवा समाजले जनाएको छ।