सिस्नेलाई पर्यटकीय क्षेत्र बनाउने कृष्णपुर नगरपालीकाको योजना

Image
maya metro

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालीकाले सिस्ने क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने योजना बनाएको छ । वडा नम्बर ४ को समैजी सामुदायिक वन क्षेत्रमा पर्ने सिस्ने क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न डिपीआर बनाउने तयारीमा नगरपालीका रहेको कृष्णपुर नगरपालीकाका प्रमुख हेमराज ओझाले बताएका छन् । कृष्णपुर नगरपालीकाको गुलरीया बजारबाट सवारी करिब आधा घण्टाको दुरीमा रहेको सिस्नेमा ठुलो घाँसे मैदान रहेको छ ।

उत्त घाँसे मैदानलाई तराइ भु–परिधी कार्यक्रमको सहयोगमा समैजी सामुदायकि वनले संरक्षण गरेका हो । ३९३ हेक्टरमा फैलिएको वनमा करिब १२ हेक्टरमा घाँसे मैदान मात्रै रहेको समैजी सामुदायकि वन उपभोत्ता समुहका अध्यक्ष हजारी सिंह भाटले जानकारी दिए । वनमारा मात्रै रहेको १२ हेक्टर जमीनमा घाँसे मैदान बनेपछी विचरण गर्न आउने वन्यजन्तुको संख्यापनी बढेको उनले बताए ।

nisarga

घाँसे मैदानको बिचमा वन्यजन्तुलाई नै लक्षीत गर्दै पोखरी बनाईएको छ । त्यस्तैे तराइ भु–परिधी कार्यक्रमकै सहयोगमा एक छेउमा मचान निर्माण गरीएको छ जस्बाट सो क्षेत्रमा पुग्ने पर्यटकलाई समेत सहज हुने गरेको छ । अहिलेपनी सो क्षेत्रमा वनभोज खान मानिसहरु पुग्ने गरेका छन् । चरिचरणकालागी घाँसे मैदान सुरक्षीत भएपछी उत्त क्षेत्रमा अहिले हात्ति,बाघ,निलाई,चित्तल लगायतका वन्यजन्तु विचरण गर्न आउने गरेको अध्यक्ष भाटले बताए ।

सो क्षेत्रमा हात्ति आएपछी कम्तीमा पनी तीन महिना बसेरै जाने गरेको पाईएको उनले बताए । वर्षातको समयमा गैँडा पनी आउने गरेको उनले बताए । २०६६ सालमा स्थापना उत्त वनले घाँसे मैदानको क्षेत्र अझै बढाउने बढाउने योजना बनाएको छ ।