साउदीमा रोनाल्डोलाई भव्य स्वागत

Image
maya metro

काठमाडौँ – विश्व फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई साउदी अरेबियन क्लब अल नासरले मंगलबार औपचारिक रूपमा प्रशंसकसामु प्रस्तुत गरेको छ । रियादस्थित अल नासरको घरेलु रंगशाला ‘मरसूल पार्क स्टेडियम’ मा रोनाल्डोलाई भव्य स्वागत गरिएको थियो ।

३७ वर्षीय पोर्चुगिज स्टार मैदान प्रवेश गर्दैगर्दा रंगशालामा आतिसबाजीसमेत गरिएको थियो । उनको स्वागतमा करिब २५ हजार दर्शक उपस्थित थिए ।

nisarga

५ पटकका बलोन डी’ओर विजेता र ५ पटक नै च्याम्पियन्स लिग जितेका रोनाल्डो कीर्तिमानी रकममा अल नासर क्लबमा सन् २०२५ सम्मका लागि अनुबन्ध भएका हुन् । नयाँ अनुबन्धअनुसार रोनाल्डोले प्रत्येक वर्ष साउदी क्लबबाट १७ करोड ७० लाख पाउन्ड(झन्डै २८ अर्ब नेपाली रुपैयाँ) पारिश्रमिक लिनेछन् । यो विश्व फुटबल इतिहासमै अहिलेसम्मको सबैभन्दा बढी पारिश्रमिकको कीर्तिमान हो । म्यानचेस्टर युनाइटेडसँग अलग हुने निर्णयपछि ९ पल्टको साउदी लिग च्याम्पियन टोलीसँग रोनाल्डो अनुबन्धित भएका हुन् ।