
अत्तरिया – कैलालीको अत्तरियामा आजदेखी सुदूरपश्चिम प्रादेशीक महोत्सव लाग्दै छ । । महोत्सवको आज दिँउसो १ बजे प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अत्तरिया उधोग वाणीज्य संघको यो साँतौ सँस्करणको महोत्सव हो । यस पटक महोत्सवमा १५० ओटा स्टल रहेका छन् ।
महोत्सवको मुख्य आकर्षणका रुपमा राष्ट्रिय एवम चर्चित कलाकारहरुको प्रस्तुती,लामीतालमा डुंगाको व्यवस्था,बाल उधान,खानाका विभीन्न परिकारहरु,विभीन्न प्रकारका झाँकीका साथै नृत्यहरु रहेको आयोजकले बताएको छ । महोत्सवलाई करिब ८० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

माघ ९ गतेसम्म संचालन हुने महोत्सवमा २ करोड रकम बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ८० र विद्यार्थीहरुका लागि ५० रुपैया टिकट कायम गरिएको छ । महोत्सवमा शारिरिक अपाङ्गता र जेष्ठ नागरिक तथा एकल महिलालाई भने निःशुल्क गरिएको छ ।






























