
अत्तरिया – सुदूरपश्चिम प्रादेशिक महोत्सवको प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् ।
कैलालीको अत्तरियामा अत्तरिया उधोग वाणिज्य संघले आयोजना गरेको महोत्सवको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

उद्घाटन अघि अत्तरिया बजारमा र्याली निकालिएको थियो । महोत्सव माघ ९ गतेसम्म चल्नेछ । अत्तरिया उधोग वाणीज्य संघको यो साँतौ सँस्करणको महोत्सव हो । यस पटक महोत्सवमा १५० ओटा स्टल रहेका छन् ।
महोत्सवको मुख्य आकर्षणका रुपमा राष्ट्रिय एवम चर्चित कलाकारहरुको प्रस्तुती,लामीतालमा डुंगाको व्यवस्था,बाल उधान,खानाका विभीन्न परिकारहरु,विभीन्न प्रकारका झाँकीका साथै नृत्यहरु रहेको आयोजकले बताएको छ । महोत्सवलाई करिब ८० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
माघ ९ गतेसम्म संचालन हुने महोत्सवमा २ करोड रकम बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ८० र विद्यार्थीहरुका लागि ५० रुपैया टिकट कायम गरिएको छ । महोत्सवमा शारिरिक अपाङ्गता र जेष्ठ नागरिक तथा एकल महिलालाई भने निःशुल्क गरिएको छ ।






























