अत्तरियामा जारी महोत्सवमा आज दर्शकको सहभागीता उल्लेख्य

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज दर्शकको सहभागीता उल्लेख्य भएको छ । सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चर्चित गायीका इन्दिरा जोशी,चेतन बोहरा र रुविना अधिकारीको पस्तुती रहेको थियो ।

महोत्सवको पाँचौदिन आज अन्य नृत्य तथा सांगेतिक प्रस्तुतीहरु पनी रह्यो । अत्तरिया उधोग वाणीज्य संघको आयोजनामा अत्तरियाको लामीताल परिसरमा भईरहेको महोत्सव माघ ९ गतेसम्म चल्नेछ ।महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ८० र विद्यार्थीहरुका लागि ५० रुपैया टिकट कायम गरिएको छ ।

nisarga

महोत्सवमा शारिरिक अपाङ्गता र जेष्ठ नागरिक तथा एकल महिलालाई भने निःशुल्क गरिएको छ । महोत्सवमा भोली चर्चित लोकदोहोरी गायक पुस्कल शर्मा,डेउडा गायक ध्वज महरा र गायक राज कुस्मीको प्रस्तुती रहने भएको छ ।