
अत्तरिया – अत्तरियामा जारी महोत्सवको बाह्रौँ दिन आजमा आज चर्चित लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा लगायतको प्रस्तुती रहने भएको छ । विश्वकर्मासंगै लोक पप तथा देउडा गायक सुरेश चोखाल र गायक गणेश चौतारीको प्रस्तुतीको प्रस्तुती रहने भएको छ ।
महोत्सवको बाह्रौँ दिन आज अन्य नृत्य तथा सांगेतिक प्रस्तुतीहरु पनी रहनेछन् । अत्तरिया उधोग वाणीज्य संघको आयोजनामा अत्तरियाको लामीताल परिसरमा भईरहेको महोत्सव माघ ९ गतेसम्म चल्नेछ ।

महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ८० र विद्यार्थीहरुका लागि ५० रुपैया टिकट कायम गरिएको छ । महोत्सवमा शारिरिक अपाङ्गता र जेष्ठ नागरिक तथा एकल महिलालाई भने निःशुल्क गरिएको छ ।































