बाजुराबाट रेफर गरिएकी गर्भवतीको बाटोमै मृत्यु

Image
maya metro

बाजुरा – बाजुराबाट महेन्द्रनगर रेफर गरिएकी गर्भवतीको बाटोमै मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका १ पिनालेख बस्ने २६ वर्षीय जानकी विक लुवारको सोमबार राति बाटोमै मृत्यु भएको हो।

जिल्ला अस्पताल बाजुरामा सुत्केरी हुन नसकी रेफर गरेकी जानकीलाई बसमा महेन्द्रनगर ल्याउदै गर्दा मृत्यु भएको उनका श्रीमान रमेश विकले बताएका छन्।

nisarga

जिल्ला अस्पताल बाजुराले जानकी मुटु रोगि भएकाले सुविधा सम्पन्न अस्पताल लैजान भनी रिफर गरेको थियो । आर्थिक अबस्था कमजोर रहेका जानकी परिवारले सोमवार मात्र बस मार्फत महेन्द्रनगर ल्याउन लागेका थिए ।

अछाम र डोटिको सिमाना चौखुट्टे पुगेपछि जानकीलाइ अफ्ठयारो भएको थियो । बस चालकले बसमा अफ्ठ्यारो भएको र गर्भवती महिलाको ज्यान जोखिममा रहेको भन्दै जिप मार्फत अछामको बयलपाटा अस्पताल जान सुझाएका थिए । जिपमा बयलपाटा अस्पताल जाँदै गर्दा जानकीको बाटोमा मृत्यु भएको हो।

एम्बुलेन्समा लैजाने पैसा नभएपछि उनीहरु बसमा टिकट काटेर महेन्द्रनगरकालागी हिडेका थिए ।