

धनगढी – धनगढीमा आजदेखि देउडा प्रतियोगिता सुरु हुँदैछ । आजदेखि तीन दिनसम्म सञ्चालन हुने प्रादेशिक खुला देउडा प्रतियोगिताको आज बिहान ११ बजे सुदूरपश्चिम सरकारकी मन्त्री सन्तोष थापा शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा ३० समूहको सहभागिता रहेको छ । प्रतिष्ठान केन्द्रका वरिष्ठ उपाध्यक्ष सुरत रावल ‘डोटेली कान्छा’का अनुसार सुदूरपश्चिम साहित्य प्रतिष्ठानको प्राङगणमा प्रतियोगिता हुने छ । देउडाको संरक्षण, संवद्र्धन, प्रवद्र्धन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रचार प्रसार गर्ने समेत उद्देश्य रहेको छ ।
डेउडा प्रतियोगिताको एक समूहले सातदेखि ११ जनाको सहभागिता गर्न पाउने छ । प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार नगदसहित प्रमाणपत्र, द्वितीयलाई ४०, तृतीयलाई ३० र सान्त्वना हुने समूहलाई २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले जानकारी दिए ।

प्रत्येक दिन प्रतियोगितामा सहभागीमध्ये एक जना देउडियालाई नगद एक हजारसहित प्रमाणपत्र प्रदान गरिने छ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले प्रबद्र्धनमा देउडा प्रतियोगिता हुन लागेको हो । अध्यक्ष बोगटीले डेउडाका पारखीहरुलाई प्रतियोगितास्थलमा सहभागिका लागि आग्रह गरेका छन् ।
