Attariya Hospital Pvt.Ltd.

थाकस र वरघर भल्मन्सा गोदावरी नगर समितिको आयोजनामा नगरस्तरीय माघी विशेष कार्यक्रम सम्पन्न

padma
milan sunchadi

अत्तरिया – थारु कल्याणकारीणि सभा(थाकस) र वरघर,भल्मन्सा गोदावरी नगरसमितिको आयोजनामा नगरस्तरीय माघी विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ मजगाँउमा थाकसका गोदावरी नगर सभापति जगत चौधरीको सभापतित्व तथा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधी सभा सदस्य विर बहादुर बलायरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बलायरले वरघर,गुरुवा र भलमन्सालाई सामाजिक मर्यादाका माध्यमबाट कानुन बनाएर सम्बोधन गर्नुपर्ने बताए ।

उनले सो कुरा संघीय संसदमा पनी राखेको बताए । उनले विपन्न,दलीत,समाजका कमजोर वर्ग,थारु,जनजाती,आदीवासीले पनी आवास गर्नेगरी काम गर्ने र यी वर्गका विषयमा आफुले संधै आवाज बुलन्द पार्ने बताए । उनले थारु समुदाय सँस्कृतिको धनी समुदाय भएको भन्दै यसको जर्गेना जरुरी रहेको बताए । एकदिन औपचारिक कार्यक्रममा मात्रै नभई हरेक दिन आफ्नो संँस्कृतिको जर्गेना गर्नु कर्तव्य बोध गर्नुपर्ने उनले बताए । थारु सँस्कृति जर्गेनाकालागी थारु समुदायका व्यत्तिहरुले पहल गर्नुपर्ने र आफुहरुलाई सँधै झक्झक्याउनु पर्ने बताए ।

Siddi ganesh

प्रदेशमा आफुहरुको सरकार आएमा सबैभन्दा पहिले थारु संग्रालय बनाउने निर्णय गर्ने लगाउने उनले बताए । थारु पहिरनले पछील्लो समय विश्वव्यापी बनेको उनको भनाई थियो । हाम्रो सँस्कृति जोगाउनले जिम्मा हाम्रै भएको बलायरले बताए । उत्त साँकृतिक कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटा,विभीन्न सरकारी तथा गैर सरकारी संघ सँस्थाका प्रतिनिधी,भलमन्सा,लगायत दर्शकहरुको बाक्लोे उपस्थीती रहेको कार्यक्रममा राष्ट्रीय कलाकार रोशन रत्गौवा,नृत्यगंना आयुषा चौधरी लगायतले सास्कृतिक प्रस्तुती राखेका थिए ।

कार्यक्रम आयोजनाकालागी नवजिवन सहकारी सँस्थाले भौति व्यवस्थापनकालागी आर्थीक सहयोग गरेको थियो भने गोदावरी ८ स्याउलेमा रहेको धर्मेश्वर हार्डवयर,भुमीराज मोबाइल ग्यालरी,भैरवकाली सप्लायर्स,कालशैनी भैरव सप्लायर्स,समैजी सामुदायिक वन,वडा नम्बर ८ को कार्यालय लगायतले आर्थीक सहयोग गरेका छन् । केहि व्यत्तिले व्यत्तिगत आर्थीक सहयोग गरेका छन् । त्यसैगरी कार्यक्रममा थारु समुदायका विभीन्न नृत्यहरु प्रस्तुत गरीएको थियो । थाकसले हरेक वर्ष मजगाँउमा माघी विशेष कार्यक्रम गर्दै आएको छ ।

Nawadurga
Loading...