

अत्तरिया – कैलालीको अत्तरियामा सम्पन्न प्रदेश स्तरिय खुल्ला महिला लोक नृत्य प्रतियोगितामा कैलालीकी लक्ष्मी वि सी प्रथम भएकी छन् । राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठानको आयोजनामा शनीबार भएको प्रतियोगितामा प्रथम भएसंगै वि सी ले २५ हजार रुपैँया नगद र ट्रफी हात पारेकी छन् । त्यसैगरी बझाङकी मनिषा सिहंले द्धितिय हुँदै १५ हजार नगद तथा ट्रफी प्राप्त गरेकी छिन् ।
तृतिय भएकी अछामकी प्रियंका कुवरले १० हजार नगद सहित ट्रफी प्राप्त गरेकी छिन् । सान्त्वना पुरुस्कार बाजुराकी गंगा मगरले पाएकी छिन् । सान्त्वना पुरुस्कार ५ हजार रुपैया नगद राखीएको थियो ।कार्यक्रमको मुख्य प्रर्वद्धकमा सामाजिक विकास मन्त्रालय रहेको थियो । त्यसैगरी स्थानीय व्यवस्थापकमा थ्री डिभीएल क्रियसन र मिडिया पार्टनर टिभी टुडे रहेको थियो । प्रतियोगितामा नौ ओटै जिल्लाबाट एकएक जना महिलाहरुको सहभागीता रहेको थियो ।
राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष लिला बास्कोटाले महिलाहरुको प्रतिभा प्रस्फुटनकालागी उत्त कार्यक्रमको आयोजना गरीएको बताए । समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उपसभामुख कोइली देवी चौधरी रहेकी थिईन । विशीष्ट अतिथीहरुमा सांसदहरु प्रकाश बम,तुलसी देवकोटा तथा माया विष्टको उपस्थीती रहेको थियो ।
