बाजुरामा भिरबाट लडेर ६ वर्षीया बालिकाको मृत्यु

Image
maya metro

बाजुरा – बाजुरामा  भिरबाट लडेर बालिकाको मृत्यु भएको छ। आज बिहान विद्यालय जाने क्रममा बडीमालिका नगरपालिका–६ कोर्ध फडील्लाकी ६ वर्षीया कमला बडुवालको  भिरबाट लडेर मृत्यु भएको हो।

प्रहरीका अनुसार उनी सोही वडामा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिइन्। बिद्यालय गाउँबाट टाढा हुँदा बिहान ९ बजे घरबाट हिडेकी थिइन्।

nisarga

कमला घर नजिकै रहेको ढागीलोटा भन्ने ठाउँमा बाटो अप्ठ्यारो हुँदा खुट्टा चिप्लिदा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।