बाजुरामा कुपोषणबाट ५ महिने बालकको मृत्यु

Image
maya metro

बाजुरा – बाजुरामा कुपोषणबाट ५ महिने बालकको मृत्यु भएको छ।

जिल्लाको बुढिनन्दा नगरपालिका ६ बस्ने रमिता नेपालीका ५ महिनाको छोरा जनम नेपालीको जिल्ला अस्पताल बाजुरामा कुपोषणका कारणले मृत्यु भएको जिल्ला अस्पताल बाजुरामा कार्यरत पोषण कार्यक्रम संयोजक निर्मला सुनारले वताएकि छन्। उक्त बालकलार्ई अस्पतालमा रहेको पोषण पुर्नस्थापना केन्द्रमा ९ दिन पहिला कुपोषणका लागि छोरालाइ उपचारका लागि भर्ना गरीएको थियो।

nisarga

बच्चामा कडा कुपोषण भएको र उपचार गर्नपनि ढिलो ल्याइएका कारण बच्चा बचाउन नसकेको सुनारले बताइन्। डेढ महिना पहिला पनि कुपोषणको उपचार गर्न पोषण पुर्नस्थापनामा राखिएको थियो। डेढ साता उपचार पछि सामान्य अबस्था भएको भन्दै स्वास्थ्यकर्मीले घर पठाएका थिए। पुन कडा कुपोषणको शिकार भएपछि उपचारमा ल्याएका थिए।

अन्तिम अबस्थामा अस्पतालमा पु¥याएकाले बच्चा बचाउन नसकेको स्वास्थ्यकर्मीले वताएका छन्।