बाजुरामा ट्याक्टरको टायरमा च्यापिएर एक जनाको मृत्यु

Image
फाइल फोटो
maya metro

बाजुरा – बाजुरामा ट्याक्टरको टायरमा च्यापिएर एकजनाको मृत्यु भएको छ।

जिल्लाको बुढीगंगा नगरपालिका–४ जाडेपानीस्थित सडकमा ३१ वर्षीय खम्म रावतको टायरमा च्यापिएर मृत्यु भएको हो।

nisarga

सुदूरपश्चिम प्रदेश ०१–००२ त ४९७२ नम्बरको ट्याक्टरमा चढ्ने क्रममा ट्याक्टरको टायरमा च्यापिएर विहिबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।