
अछाम – अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ३५ वर्षिय याम ढोलीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ।

शनिवार सैनबजारबाट बलाता जाँदै गर्दा नेटेसल्ला भन्ने ठाउँमा सडकबाट दुई सय मिटर तल खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पोष्टमाटमपछि शव आफन्तको जिम्मा लगाइएको छ।
















