
अत्तरिया – डेउडा प्रतिष्ठान केन्द्रीय समितिले आईतवार कलाकार कल्याणकारी कोषको स्थापना घोषणा गरेको छ । कलाकार कल्याणकारी कोषको घोषणा संगै संस्थाका कोषाध्यक्ष लोक गायक प्रेम बिबश चन्दले जन्म दिनको अवसर पारेर कलाकार कल्याणकारी कोषमा जन्मदिनको अवसरमा ५ हजार १ सय १ रुपैयाँ र लोक गायिका एवं समाजसेवी दुर्गा सापकोटाले ५ हजार रुपैयाँ नगद संस्थाका अध्यक्ष दलबहादुर बोगटीलाई हस्तान्तरण गरेको छ ।
कलाकारहरुको जीवनको अप्ठ्यारो परिस्थितिमा साहाराको रूपमा उभ्याउनका लागि कलाकार कल्याणकारी कोष स्थापना गरिएको संस्थाका बरिष्ठ उपाध्यक्ष सुरत रावत (डोटेली कान्छा) ले बताए । अब यस्ले ठूलो आकार लिने बिश्वास व्यत्त गर्दै उनले यसका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए ।

जन्म दिन मनाएर फजुल खर्च गर्नु भन्दा कलाकार कल्याणकारी कोषमा जम्मा गर्नु उपयुुक्त ठानेको संस्थाका कोषाध्यक्ष प्रेमबिबश चन्दले बताए । त्यस्तै लोक गायिका एवं समाजसेवी सापकोटाले कलाकारका लागि जीवनको अफ्ट्यारोमा साहारा बन्ने विश्वास व्यत्त गरीन् ।






























