डोटी – गंगा दशहरा मेलाको अवसरमा डोटीमा विविध कार्यक्रमको आयोजना गरीने भएको छ । सुदूरपश्चिम खेलकुद परिषद् तथा डोटी उधोग वाणीज्य संघको आयोजनामा गंगा दशहरा मेलाको अवसरमा विभीन्न कार्यक्रमको आयोजना गर्न लागेका हुन् । आयोजकले जेठ १२ गतेदेखी १७ गतेसम्म ३३ सय मिटर दुरीको हाइअल्टिच्युट म्याराथन, भलिबल,डेउडा तथा घोडा दौड प्रतियोगिताको आयोजना गरीने बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । जसमा दिपायल सिलगढी नगरपालीका,शिखर नगरपालीका र आर्दश गाँउपालीका प्रर्वद्धक तथा प्रायोजकका रुपमा रहेका छन् ।
त्यस्तै पुर्वीचौकि गाँउपालीका,सायल गाँउपालीका,के आई सिहं गाँउपालीका,बोगटान गाँउपालीका,बडीकेदार गाँउपालीका, जोरायल गाँउपालीका र खप्तड राष्ट्रिय निकुञ्ज नी प्रर्वद्धक तथा प्रायोजकका रुपमा रहेका छन् । कार्यक्रमलाई श्र नम्बर ५ बाहिनी अड्डा,भैरव प्रसाद गण र श्री सिंह शार्दुल गुल्मले व्यवस्थापन गर्ने जनाईएको छ । प्रतियोगितामा २६ लाख ८ हजार पाँच सय रुपैँया खर्च आउने अनुमान आयोजकले गरेको छ । खप्तड क्षेत्र तथा सुदूपश्चि प्रदेशको पर्यटन प्रर्वद्धन तथा खेलकुदको विकासको लागी प्रतियोगिताको आयोजना गरीन लागीएको आयोजकले जनाएको छ । यस अवधीमा करिब ३ सय खेलाडी तथा दश हजार बढी अन्य धार्मीक तथा खेलप्रेमी पर्यटकले अवलोकन गर्ने जनाईएको छ । म्याराथनको प्रथम पुरस्कार १ लाख २५ हजार रुपैँया राखीएको छ ।
त्यसैगरी द्धितिय पुरस्कार असी हजार र तृतिय पुरस्कार राशी पचास हजार रुपैँया राखीएको छ । सान्त्वना पुरस्कार ७ जनालाई ७ हजारका दरले दिईने जनाईएको छ । त्यसैगरी महिला तर्फको हाप म्याराथनमा प्रथम हुनेलाई पचास हजार रुपैया,द्धितिय हुनेलाई तीस तृतिय हुनेलाई बीस हजार रुपैँया पुरस्कार प्रदान गरीने आयोजकले जनाएको छ । सान्त्वना तर्फ ५ जनालाई ५÷ ५ हजार नगद दिईने छ । त्यसैगरी पुरुष भलीबल तर्फ प्रथम,द्धितिय र तृतिय हुनेलाई क्रमस पचास,तीस र बीस हजार रुपैँया दिईने आयोजकले जनाएको छ । घोडादौड प्रतियोगितातर्फ प्रथम,द्धितिय र तृतिय हुनेलाई क्रमस तीस,बीस र दश हजार रुपैँया प्रदान गरीने छ । त्यसैगरी डेउडा प्रतियोगितामा प्रथम हुनेलाई एक लाख रुपैँया नगद पुरस्कारको व्यवस्था गरीएको आयोजकले जनाएको छ ।