
बाजुरा – बाजुरामा भिरबाट लडेर १० वर्षीया बालिकाको मृत्यु भएको छ।
बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर-८ पुजारी टोलकी १० वर्षीय ललिता रावलको भिरबाट लडेर मृत्यु भएको हो ।

मङ्गलवार सदरमुकाम मार्तडी नजिकैको झाल्या लेकबाट घरका लागि हिँडेकी ललिता भिर बाटो भन्ने ठाउँ बाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।
बालमन्दिर आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा ललिता आमा कमला रावलसँग गाई वस्तु हेर्न लेक तिर गएकी थिइन्।













