बेहडाबाबा मन्दिरमा आजबाट गंगादशहरा मेला सुरु

Image
maya metro

अत्तरिया – धनगढी उपमहानगरपालिका-१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा आजबाट गंगादशहरा मेला सुरु भएको छ। बेहडाबाबा धार्मिक क्षेत्रको उचित प्रचार प्रसार गर्नका लागि प्रत्येक वर्ष ज्येष्ठ शुक्ल नवमीदेखि चर्तुदर्शी सम्म मेलाको आयोजना हुदै आएको छ।

मेलामा भारतीय पर्यटक सबैभन्दा बढी अवलोकन गर्न पुग्छन्। बेहडाबाबा दर्शनको लागि आउने दर्शनार्थीमध्ये भारतीयको संख्या नै उल्लेख हुन्छ। बेहडाबाबा सुदूरपश्चिम प्रदेशको एक प्रमुख धार्मिक स्थलका रुपमा चिनिएको छ। यहाँ पत्नीलाभ, पुत्रलाभ, धनलाभलगायत धेरै मनोकांक्षा बोकेर तीर्थालु आउने गरेका छन्।

nisarga

मन्दिर घनाजंगलको बीचमा छ। परापूर्वकालमा शिवलिंग आफै उत्पत्ति भएपछि त्यहाँ मन्दिर स्थापना गरिएको जनविश्वास रहँदै आएको छ। मन्दिर परिसरमै महादेव नामको एउटा ठूलो तलाउ पनि रहेको छ। त्यस तलाउमा स्नान गरी दर्शनार्थी शिवजीको पूजा गर्ने गर्दछन्।

माघे संक्रान्तिका दिन जलाशयमा स्नान गरी मन्दिरमा दर्शन गर्नाले वर्षभरिको पाप पखालिने जनविश्वास समेत रहँदै आएको छ। यसका अतिरिक्त त्यहाँ दर्शन गर्नाले पारिवारिक सुख, सन्तान लाभ, धनप्राप्तिका साथै नयाँ जोडी प्राप्त हुने विश्वास गरिन्छ।