
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा वडास्तरिय अतिरिक्त क्रियाकलाप प्रतियोगीता आयोजना गरिएको छ ।
वडा कार्यालयको सहयोगमा राष्ट्रिय माध्यमिक विद्यालय बास्कोटाले प्रतियोगीता आयोजना गरेको हो ।

वडामा रहेका सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाको व्यक्तित्व विकासकालागी वडामा अतिरिक्त क्रियाकलाप प्रतियोगीता आयोजना गरिएको जनाईएको छ । प्रतियोगितामा अतिरिक्त क्रियाकलाप अन्तरगत पर्ने विभिन्न खेलकुद तथा बौद्धिक प्रतियोगीताहरु राखिएका छन् ।
















